Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

रुस्लान भोड्का ५० औ वर्षमा प्रवेश

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २८ गते २०८०
रुस्लान भोड्का ५० औ वर्षमा प्रवेश

रुस्लान भोड्का उत्पादनको यात्रामा ५० औं वर्षमा प्रवेश गरेको छ । आफ्नो दौडानमा स्थापनाकालदेखि उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको बम्पनीको भनाई छ ।
कम्पनीले आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक र नयाँ स्वरुप दिएको छ ।
हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको कम्पनीले बताएको छ । रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता रहेको बताएको छ ।

Add a new comment