फागुन १९ गते २०८२ --:--:--
मेनु

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

मेरो आर्थिक मेरो आर्थिक जेठ २८ गते २०८० ३:०५ PM
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । पर्वतको बिहादी गाउँपालिका–६ दलबिरेस्थित सेतिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित दरौदी खोलाको किनारमा पनि गोरखा सिरानचोक गाउँपालिका–६ चिलाउने गाउँ बस्ने ६६ वर्षीय पूर्णबहादुर पुलामी मृत अवस्थामा परेका छन् ।
यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ शुक्रपथस्थित घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?