फागुन १९ गते २०८२ --:--:--
मेनु

नेपाल आयल निगमद्धारा हवाई इन्धनको मूल्य समायोजन

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८० ९:१६ PM
नेपाल आयल निगमद्धारा हवाई इन्धनको मूल्य समायोजन

नेपाल आयल निगमद्धारा हवाई इन्धनको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको हो । नयाँ मूल्य केही मात्रामा घटेर आएको बताउँदै निगमले मूल्य समायोजन गरेको जानकारी दिएको छ ।

निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको हो ।

मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३.६९ रुपैयाँले सस्तो रहेको निगमले जानकारी दिएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?