फागुन १९ गते २०८२ --:--:--
मेनु

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

मेरो आर्थिक मेरो आर्थिक असार ११ गते २०८० १२:३० PM
बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्ने वाला छैन ।’

बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

त्यसलगत्तै हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?