Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सुन र चाँदी दुबैको मूल्य वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
असार १२ गते २०८०
सुन र चाँदी दुबैको मूल्य वृद्धि

यस दिन सुनको मूल्य प्रति तोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।

सुन चाँदी व्यवसायि महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा पुगेको हो । यस्तै तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँका किनबेच भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रति तोला १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ३६५ रुपैयाँका कारोबार भएको थियो ।

Add a new comment