आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरिएको बजेट प्रतिनिधिसभाबाट बुधवार बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा मत विभाजनको प्रक्रियाबाट बजेट पारित गरिएको हो । सभामा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको थियो । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेटको पक्षमा मतदान गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले, राप्रपा, नेमकिपाले र जनमत भने विपक्षमा मतदान गरेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिनिधिसभाबाट पारित













