Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

अब नेपाली बजारमा प्राइम टाइल्स

मेरो आर्थिक
मेरो आर्थिक
असार १५ गते २०८०
अब नेपाली बजारमा प्राइम टाइल्स

प्राइम सेरामिक्स प्रा. लि. ले बिहीबारदेखि आफ्नो उत्पादन प्राइम–टाइल्स् विथ स्टाइल लाई बिक्री–वितरणमा ल्याएको छ । भुईँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठुलो टायल कम्पनी हो । नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स प्रा. लि. ले रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्वारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको कम्पनीको भनाई छ ।

विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी एसएसीएमआईको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको जानकारी दिइएको छ । कम्पनीले एकै छानामुनि घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगको लागि हाल अधिकतम २ः४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईँमा लाग्ने टाइल्स उत्पादन गर्नेछ ।

विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सीएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवर्द्धित प्राइम सेरामिक्स प्रा. लि. को कूल लगानी दुई अर्ब रुपैयाँ रहेको छ । दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ ।

Add a new comment