फागुन १९ गते २०८२ --:--:--
मेनु

गृहमन्त्री श्रेष्ठद्वारा मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८० ६:१३ PM
गृहमन्त्री श्रेष्ठद्वारा मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गरेका छन् । बुधवार मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्काल उद्धार कार्यमा खटिने मानवीय सहायता स्थलको अवलोकन गरेका हुन् । सरकारले देशका विभिन्न ११ स्थानमा मानवीय सहायता स्थल बनाइ विपद् न्युनिकरण एवं व्यवस्थापनका लागि काम गरिरहेको छ ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्कालै सहायता गर्न जानसक्ने श्रोत, साधन र जनशक्ति एवं सामग्रीहरुको निरीक्षण गरेको बताए । उनले विपद् न्युनिकरणका लागि सरकारले धेरै सुधार गर्नुपर्ने र सोहीअनुसार सरकार अघि बढिरहेको पनि बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?