दराज र सीएनआईबीच उत्पादन प्रवर्द्धन गर्न सहकार्य भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले सञ्चालनमा रहेको अभियान र दराजबीच सहकार्य भएको हो ।
सीएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने, कामदारहरूको सीप अभिबृद्धि गर्ने जस्ता काम गर्दै आईरहेको बताईएको छ ।
दराजसँग सेवाहरुको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले समझदारी गरिएको हो । यस समझदारी अनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरुले आफ्ना वस्तुहरु यस सेक्सनमा राख्नन पाउने छ ।













