१७ औँ बार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कलाकार नेपालले बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
कलाकार जितु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीले जानकारी दिएको छ ।
“रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रम सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथ सम्पन्न भएको थियो ।













