Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण १ गते २०८०
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन

सोमबारदेखि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर निष्कासन गरेको हो । सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रति शेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको हो ।

निष्कासन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता प्रतिशेयर कुल २३९ रुपैयाँका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि प्रतिशेयर मूल्य रु १०० रुपैयाँका दरले छुट्टाइएको छ । आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज साउन १ देखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Add a new comment