गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनानमा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’, ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राज चाहिँदैन्’लगायतका नारा लगाएका छन् ।
२०६३ साल चैत ०७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकाममा रहेको राइसमिलमा छुट्टाछुट्टै राखेको कार्यक्रमको बेला झडप भएको थियो । आज भन्दा १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो ।
जसमा माओवादी कार्यकर्ता ठूलो संख्यामा मारिएका थिए । हत्यामा संलग्नहरुको बिरुद्ध तत्कालीन समयमै किटानी जाहेरी दिए पनि कारबाही नभएकाले पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
एक सहभागीले हामीसँग कुरा गर्दै पिडितलाई न्याय दिलाई हत्यारालाई कानुनी दायरामा ल्याउनका लागि समेत प्रर्दशन गर्नुको बिकल्प छैन । बर्षैा सम्म घटनालाई छानविनको प्रक्रियामा नलगि ढीला सुस्ति गर्नु भनेको न्याय नदिनु सरह हो ।













