Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सेवा रोक्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारी आन्दोलित

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २४ गते २०८०
सेवा रोक्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारी आन्दोलित

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका हुन् ।

कर्मचारीले संयुक्त रुपमा २५ र २६ भदौ कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् । २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरु समेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुले पेश गरेको मागपत्रमा उल्लेख छ ।

मागपत्र

Add a new comment