वैशाख १३ गते २०८३ --:--:--
मेनु

आजदेखि सुरू हुँदै ‘नाडा अटो शो २०२३’ सुरु हुँदै

मेरो आर्थिक मेरो आर्थिक भाद्र २६ गते २०८० ८:४६ AM
आजदेखि सुरू हुँदै ‘नाडा अटो शो २०२३’ सुरु हुँदै

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ सुरु हुँदैछ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३१ सम्म चल्ने भएको हो ।

नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको जसमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहने छन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने नाडाले जनाएको छ ।

प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहनेछ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको नाडाले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?