माघ २२ गते २०८२ --:--:--
मेनु

दराज अनलाइन सपिङ्गले ‘दराज दसैँ धमाका’ सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असाेज १८ गते २०८० ६:४४ AM
दराज अनलाइन सपिङ्गले ‘दराज दसैँ धमाका’ सार्वजनिक

नेपालीहरुको महान् पर्व बडा दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सक्नेछन् । असोज १७ गतेबाट लागूहुने ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट, ७००० बराबरको भौचर जस्ता थुप्रै फाइदाहरु छन् ।

यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (रु १,५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत (रु २,००० सम्म)को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भौचर पनि प्राप्त गर्ने मौका पाउनेछन् । दसैँ धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि हो भन्दै कम्पनीले दराजले सम्पूर्णलाई ‘दराज दसैँ धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?