बुटवल उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनमा हरिप्रसाद अर्यालको प्यानल बिजयी भएको छ । संघको नेतृत्वका लागि हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठले अलग–अलग प्यानल बनाएर निर्वाचनमा प्रत्याशी थिए।
२५ औं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा संघमा आवद्ध १ हजार ७७८ मतदातामध्ये १ हजार ५०६ मत खसेको थियो। अध्यक्षका प्रत्याशी श्रेष्ठ भन्दा ८७ मत बढी ल्याएर अर्याल विजयी भएका हुन् । अध्यक्षमा विजयी अर्यालले ७७६ मत पाए भने उनका प्रतिस्पर्धी श्रेष्ठले ६८९ मत पाए ।
त्यस्तै उपाध्यक्षमा सुरज भट्टराईले ७७८, महासचिवमा मुक्ति अधिकारी ७६०, कोषाध्यक्षमा वसन्त ढकाल ८०९ मतसहित विजयी भए भने सहकोषाध्यक्षमा धनाकुमारी खनाल ८३० ल्याएर विजयी भएकी छन् । निर्वाचित सबै अर्याल प्यानलका हुन्। सचिव पदमा भने श्रेष्ठ प्यानलका प्रतिक पोखरेल विजयी भएका छन्। पोखरेलले ७२३ मत पाएर विजयी हुँदा अर्याल प्यानलका भेषराज गैरेले ७०७ मत पाए। निर्वाचित सबै अर्याल प्यानलका हुन् । उद्योग उपाध्यक्षमा नवीनप्रसाद श्रेष्ठ ६७२, महासचिवमा बाबुराम बिक ६९८, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ ६४४ र सहकोषाध्यक्षमा जाकीर हुसेनले ६३३ मत पाएका छन । यता संघको बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे र बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।













