सेवालाई स्तरोन्नति गरी बेष्ट फाइनान्सको अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु
मेरो आर्थिक
असाेज २७ गते २०८०
समयः ७:०० am
दैनिक कारोवारमा सहजता ल्याउँदै समयको बचत र स्तरीकृत सेवा प्रदान गर्न बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । गत अश्विन २५ गते बिहिबारदेखि स्तरोन्नति सहितको अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।
नेपाल राष्ट्र बैकबाट 'ग' वर्गको इजाजत प्राप्त यस फाइनान्स कम्पनीले देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ कारोवार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा, थप बित्तिय सेवाहरु सहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको जनाएको छ ।
यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्ने छन् । साथै भिडियो केवाईसीको माध्यमबाट ग्राहक पहिचान गरी सम्पूर्ण कारोवार गर्न सकिने बताइएको छ ।
केवाईसी अध्यावद्यिक नभएका विद्यमान ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको बेष्ट फाइनान्सले बताएको छ ।