असार २४ गते २०८३ --:--:--
मेनु

सांसद राईको टिप्पणी संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

मेरो आर्थिक मेरो आर्थिक असार २४ गते २०८३ ४:५१ PM
सांसद राईको टिप्पणी संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसद राजेन्द्रकुमार राईले बैठकका क्रममा गरेको ‘कान सुन्नुहुन्न’ भन्ने अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न?’ भन्ने टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिपछि सदनमा विरोध र विवाद उत्पन्न भएको थियो।

विवाद चर्किएपछि सभामुखले बैठक करिब १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि बैठक पुनः सञ्चालन गर्दै उनले उक्त टिप्पणी संसदको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्।

हाल प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढिरहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?