वैशाख १३ गते २०८३ --:--:--
मेनु

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १९ गते २०८० ८:५० AM
भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने

बुद्ध एयरले जाजरकोट भूकम्प पीडितकोलागि सहयोग घोषणा गरेको छ । बुद्ध एयरले बिज्ञप्ति जारी गदै उक्त घोषणा गरेको हो ।

जारी बिज्ञप्तिमा भुकम्प पिडितको सहायताका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको उल्लेख छ ।

‘साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि बचनवद्ध छौं,’ प्रेश विज्ञप्तिमा बुद्ध एयरले भनेको छ । भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ । भुकम्पमा परी हाल सम्म २५३ जना घाइते र १५७ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?