बुधबार सुनको मुल्यमा छ सय रुपियाँले वृद्धि, चाँदी भने स्थिर : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

बुधबार सुनको मुल्यमा छ सय रुपियाँले वृद्धि, चाँदी भने स्थिर

मेरो आर्थिक मेरो आर्थिक माघ २४ गते २०८०

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

मंगलबारको तुलनामा बुधबारको बजारमा सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर देखिएकाे छ । आजको बजारमा सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

निरन्तर रुपमा घटेको चाँदीको मूल्य आज स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?