ललिता निवास जग्गा प्रकरण: मीन बहादुर गुरुङलाई दुई वर्ष जेल चलान : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

ललिता निवास जग्गा प्रकरण: मीन बहादुर गुरुङलाई दुई वर्ष जेल चलान

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०८०

भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदकाे सजाय सुनाइएकाे छ । विशेष अदालतले  गुरुङलाई २ वर्ष कैद र  ८० लाख जरिवानाको सजाय सुनाएको हाे ।

ललिता निवास जग्गा प्रकरणमा अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको र गैरकानूनी लाभ लिएको ठहर गर्दै  गुरुङलाई सजाय सुनाइएकाे हाे ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले  गुरुङलाई दाेषी ठहर गरेकाे हाे ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?