सुनको भाउमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सुनको भाउमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य

मेरो आर्थिक मेरो आर्थिक वैशाख ७ गते २०८१

सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० र तेजाबी सुनको भाउ प्रतितोलमा १ लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?