Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

ताप्लेजुङमा भिर मौरी सिकारीहरुले भिर महबाट मनग्य आम्दानी गर्दै

मेरो आर्थिक
मेरो आर्थिक
असार ९ गते २०८१
ताप्लेजुङमा भिर मौरी सिकारीहरुले भिर महबाट मनग्य आम्दानी गर्दै

दिलकुमार लिम्बू ताप्लेजुङ । ताप्लेजुङका भिर मौरी सिकारीहरुले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन ।
सिरिजंगा गाउँपापिलका—८ याम्फुदीनका सन्तोस राई गत जेठ पहिलो साता चार पोला भिरको मह काढ्नु भयो । राईले चार पोला भिर मह काढ्दा २०० बोतल भन्दा बढी मह जम्मा गर्नुभयो । गाउँ—घरमा प्रति बोतल दुई हजार रुपैयाँ खरिद बिक्री हुदै आएको छ । राई एक सिजनमा चार लाख रुपैयाँ भन्दा बढी कमाउँन भएको यो । राईका अनुसा वर्षमा दुई सिजन भिर मौरीको महको सिकार गर्दै आएका छन् । वर्षमा करिब पाँच देखि सात लाख रुपैयाँ भिर मौरीबाट आम्दानी गर्दैआएको राईको भनाइरहेको छ ।

उहाँले घर मौरी समेत पालन गर्नुभएको छ । आनुधिक प्रविधिका ३० घारमा मौरी पालन गर्नु भएको छ । उहाँले वर्षमा घर मौरीबाट ४५० बोतल उत्पादन गर्दै आउनुभयो राईले बताउनुभयो । राईका अनुसार गाउँ घरमा घर मौरीबाट करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । भिर मौरी सिकार गर्नका लागि प्रति घार दुई हजार ५०० रुपैयाँ सामुदायिक वनलाई रोयल्टी बुझाएर मात्र भिर मौरीको सिकार गर्न पानईने राईले बताउनुभयो । याम्फुदीन क्षेत्रमा जेठ महिमा २५ पोला भिरा मौरीको मह सिकार भएको सिरिजंघा गाउँपालिका—८ स्थानीय तथा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदीन कार्यालय प्रमुख सुर्यमान राईले बताउनुभयो ।
मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेप्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकाल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ ।
प¥याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । याम्फुदीनका दर्जन बढी भिरमा वर्षौँदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरूले बताउने गरेका छन् । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताउनुभयो ।
उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र फुङ्लिङ बजार हो । फुङ्लिङमा सञ्चालित ताप्लेजुङको कोशेली घरका सञ्चालक ललित गुरुङका अनुसार ताप्लेजुङ कोशेली घरबाट वर्षमा २०० देखि ३०० पोतल सम्म बिक्री हुदै आएको छ । गुरुङको कोशेली घरमा प्रयाय फक्ताङलुङ गाउँपालिका—६ लेलेप देखि भिर मौरीको मह आउने गरेको छ । कोशेली घरमा प्रति बोतल तीन हजार देखि तीन हजार ५०० रुपैयाँ सम्म खरिद बिक्री हुदै आएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत २०७९÷८० को आर्थिक वर्षमा पाँच हजार केजी भिर मह संकलन भएको तथ्याङक रहेको छ । सो बराबर मह संकलन हुदाँ दुई हजार रुपैयाँ रोयल्टी जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

ताप्लेजुङमा उत्पादन भएको मह झापा,धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको ताप्लेजुङ कोशेली घर सञ्चालक गुरुङले बताउनुभयो ।


पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण ताप्लेजुङमा भिरमौरी मासिँदै गएको फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय तथा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्य केरसिंङ लिम्बूले बताउनुभयो । “पहिले पहिले एउटै भिरमा नौँ÷दश पोला मैरी हुन्थ्यो । उहाँले भन्नुभयो, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ ।

यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” पछिल्लो समयमा सडक तथा पूर्वधार विकास निर्माण प्रयोग हुने मिसिनले भिर पहराहरु प्रत्यक्ष तथा अप्रत्यक्ष असर हुने भएकोले समेत भिर मौरी संकटमा पर्दै गएको लिम्बूको भाइरहेको छ । परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेकाले समेत अझ संकटमा पर्न पुकेको स्थानीयबासीको भनाइरहेको छ । उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँधौलीको समयमा जेठ–असारगरी दुईचोटी भिर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् ।

Add a new comment