भाद्र ११ गते २०८३ --:--:--
मेनु

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो, ३३ घाइतेको काठमाडौंमा उपचार

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८३ १२:४० PM
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो, ३३ घाइतेको काठमाडौंमा उपचार

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १६५ पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानमा परिचालित उद्धार टोलीले हालसम्म १६५ जनाको शव फेला पारेको प्रहरी तथा स्थानीय प्रशासनले जनाएको छ।

बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। काठमाडौंका विभिन्न अस्पतालमा हाल ३३ जना घाइतेको उपचार भइरहेको जनाइएको छ।

उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि ९ जना घाइतेलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

यसैबीच, विपद् प्रभावित क्षेत्रमा अझै केही व्यक्ति सम्पर्कविहीन तथा बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ।

घाइतेहरूको उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पतालहरूलाई आवश्यक तयारी तथा उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?