भाद्र २४ गते २०८३ --:--:--
मेनु

मेटाले ल्यायो ‘म्युज’ एआई एजेन्ट, दैनिक कामदेखि यात्रा बुकिङसम्ममा सहयोग गर्ने

मेरो आर्थिक मेरो आर्थिक भाद्र २४ गते २०८३ १:४७ PM
मेटाले ल्यायो ‘म्युज’ एआई एजेन्ट, दैनिक कामदेखि यात्रा बुकिङसम्ममा सहयोग गर्ने

काठमाडौं । सामाजिक सञ्जालको मातृ कम्पनी मेटाले १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्तालाई लक्षित गर्दै ‘म्युज’ (Muse) नामक व्यक्तिगत कृत्रिम बौद्धिकता (एआई) एजेन्ट सार्वजनिक गरेको छ ।

मेटाका अनुसार म्युजले प्रयोगकर्ताका दैनिक तथा दीर्घकालीन कामलाई व्यवस्थित गर्न सहयोग गर्नेछ । यसले दैनिक तालिका बनाउने, इमेल पठाउने, अनलाइन किनमेल गर्ने तथा यात्रा टिकट बुकिङ गर्नेजस्ता काम स्वचालित रूपमा गर्न सक्नेछ ।

हाल म्युजको सुविधा अमेरिकामा मात्र उपलब्ध रहेको छ । प्रयोगकर्ताले यसलाई छुट्टै एप वा ह्वाट्सएपमार्फत प्रयोग गर्न सक्नेछन् ।

मेटाले म्युजलाई दैनिक काममा सहयोग गर्ने एआई उपकरणका रूपमा मात्र नभई दीर्घकालीन लक्ष्य व्यवस्थापनमा समेत उपयोगी हुने जनाएको छ । नयाँ व्यवसाय सुरु गर्ने योजना बनाउनेदेखि वर्षभरिका लागि व्यायाम योजना तयार गर्नेसम्मका लक्ष्यलाई म्युजले व्यवस्थित कार्ययोजनामा रूपान्तरण गर्न सहयोग गर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?