वैशाख १३ गते २०८३ --:--:--
मेनु

आंशिक बदली र वर्षाको सम्भावना: केही स्थानमा चट्याङ्गसहित पानी पर्ने

मेरो आर्थिक मेरो आर्थिक वैशाख १३ गते २०८३ ७:०७ AM
आंशिक बदली र वर्षाको सम्भावना: केही स्थानमा चट्याङ्गसहित पानी पर्ने

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम प्रायः सफा रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। अन्य क्षेत्रहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्छ। यसैबीच लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने अनुमान गरिएको छ।

आज राति हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?