भाद्र २४ गते २०८३ --:--:--
मेनु

सातदोबाटोमा बन्यो जेनजी स्मृति पार्क, शहीदका सालिकप्रति परिवारको असन्तुष्टि

मेरो आर्थिक मेरो आर्थिक भाद्र २४ गते २०८३ २:१८ PM
सातदोबाटोमा बन्यो जेनजी स्मृति पार्क, शहीदका सालिकप्रति परिवारको असन्तुष्टि

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा स्मृति पार्क तयार गरिएको छ ।

‘जेनजी स्मृति पार्क’ नाम दिइएको उक्त पार्कको आज औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ पार्क परिसरमा पुगिसकेका छन् । पार्कमा राखिएका शहीदका सालिकलाई लिएर भने परिवार तथा आफन्तले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार सालिकमा देखाइएको अनुहार सम्बन्धित व्यक्तिको वास्तविक अनुहारसँग मेल खाँदैन । सालिक निर्माण गर्दा पर्याप्त सावधानी नअपनाइएको उनीहरूको गुनासो छ ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनाको सालिक पार्कमा स्थापना गरिएको छ ।

सरकारका अनुसार करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कलाई आन्दोलनमा सहादत प्राप्त गरेकाहरूको योगदानको स्मरण गर्ने तथा राष्ट्रियता र सामूहिक स्मृतिलाई संरक्षण गर्ने उद्देश्यले तयार पारिएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?