इलाम नगरपालिकाको आगामी बर्षको लागि १ अर्ब १३ करोड ५९ लाख ९७ हजारको बजेट पारित : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

इलाम नगरपालिकाको आगामी बर्षको लागि १ अर्ब १३ करोड ५९ लाख ९७ हजारको बजेट पारित

मेरो आर्थिक मेरो आर्थिक असार १२ गते २०८१

इलाम नगरपालिकाले आगामी बर्षको लागि बजेट पारित गरेको छ । हालै सम्पन्न नगरसभाबाट रुपैंया १ अर्ब १३ करोड ५९ लाख ९७ हजारको आर्थिक बर्ष २०८१/०८२ का लागि बजेट सर्व सम्वत पारित गरेको हो ।


इलाम नगरपालिकाको एतिहासिक १५ औं नगर सभाले कार्यालय सन्चालन तथा प्रशासनिक तर्फ प्रन्घ् करोड पचास लाख (१४ प्रतिशत),नगर पालिका तर्फका योजना तथा कार्यक्रम तीस करोड तेईस लाख सन्तानब्बे हजार पाच सय (२६प्रतिशत), संघिय सशर्त अनुदान तर्फका योजना तथा कार्यक्रम चौवालसि करोड तेतिस लाख पन्चानब्बे हजार पाच सय (३९प्रतिशत), प्रदेश सशर्त अनुदान तर्फका योजना तथा कार्यक्रम तीन करोड बाउन्न लाख चार हजार (३प्रतिशत), सामाजिक सुरक्षा बीस करोड (१८प्रतिशत), बिषयगत रुपमा प्रशासनिक खर्च कुल बजेटको (२६प्रतिशत), पुर्वाधार विकास तर्फ (२६ प्रतिशत), सामाजिक विकास तर्फ कुल बजेटको (४९ प्रतिशत), आर्थिक विकास तर्फ कुल बजेटको (६ प्रतिशत), सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ (३प्रतिशत), वन वातावरण तथा विपद ब्यवस्थापन तर्फ कुल बजेटको (२ प्रतिशत) विनियोजन गरेको छ ।
नगरको गोैरव अन्तरगत १२ वटा ५० लाखका दरका योजनाहरु वडा सिलिङ्ग अन्तरगत वडामा सन्चालन हुने छन । मोटर साइकलको पार्किङ शुल्क हटाइएको छ भने नगरमा प्रवेश गर्ने सवारी साधनको पार्किङ शुल्क हटाइएको छ । टयाक्सि पार्क ठेक्काबाट सन्चालन गरिने छ । श्रावण देखि कार्तिक मसान्त प्रथम चौमासिकमा कर तिर्ने ब्यवसायी तथा कर दातालाई मालपोत, सम्पति कर र ब्यवसाय करमा १० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ ।


करको दरमा कुनै पनि हेरफेर नगरी करको दायरा फराकिलो पार्दै, इलाम नगरपालिकाको इतिहासमैं करमा धेरै प्रकारका छुट दिने ब्यवस्था बजेटमा मिलाइको छ । यो बजेटको सफल कार्यन्वयनमा नगरवासी दाजुभाइ तथा दिदिबहिनीहरुको सकारात्मक सहयोग मिल्नेमा नगरपालिका विश्वस्त छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?