अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा आज बस्दै

अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा आज बस्दैछ । सभा तारकेश्वर पार्टी प्यालेस गौशाला काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । यसपटक सभामा लाभांशकाे प्रस्ताव छैन ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान, हर हिसाबका बारेमा छलफल गरि पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षककेा नियुक्ति र पारिश्रमिक ताेकिनेछ ।
सभााबाट सर्वसाधारण समूहतर्फका १ सञ्चालको चयन गरिनेछ । साथै स्वतन्त्र सञ्चालक चयनकाे प्रस्तावलाई अनुमोदन गरिने भएकाे छ ।
कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि फागुन २४ गते बुक क्लोज गरेकाे थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले फागुन २३ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%