Skip to content
logo
पौष १९ गते २०८१ समयः

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र ३१ गते २०८१
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेड (KBL)ले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर म.न.पा. वडा नं. २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उनका श्रीमान् ईन्द्र नारायण श्रेष्ठलाई बिमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो ।

उक्त रकम कुमारी बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसी इन्स्योरेन्स लि.बाट बीमा दावी रकम प्राप्त भएपश्चात् कुमारी बैंक मार्फत् सो रकम भुक्तानी गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

कुमारी बैंककाे आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

Add a new comment