Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

इलाम नगरपालिकामा पशुलाई खोरेत रोगबाट मुक्त गर्ने त्रिबर्षीय योजना लागु

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ७ गते २०८१
इलाम नगरपालिकामा पशुलाई खोरेत रोगबाट मुक्त गर्ने त्रिबर्षीय योजना लागु

मेरो आर्थिक, इलाम । इलाम नगरपालिकाले पशुलाई खोरेत रोगबाट मुक्त गर्ने कार्यक्रम अघि बढाउने भएको छ । संघीय र कोशी प्रदेश सरकारको सहयोगमा नगरले आउँदो तीन वर्षमा पशुलाई खोरेतमुक्त बनाउने जनाएको हो ।
नगर प्रवक्ता नुतनदेव दुलालका अनुसार गत वैशाखमा नगरले कार्यक्रम माग गरेबमोजिम प्रदेश र संघीय सरकारले इलाम नगरलाई खोरेतमुक्त बनाउने कार्यक्रम उपलब्ध गराएको छ । अब यो कार्यक्रमको प्रभावकारी तथा सफलतापुर्वक लागु गरिने समेत प्रतिबद्धता जनाउनु भयो ।

प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजना र नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा खोरेतबाट गाई, गोरु, भैंसी, राँगा, सुँगुर, खसी, बाख्रा, भेडालाई मुक्त गर्ने जानकारी गराइएको छ । पशुलाई खोरेतमुक्त बनाइ यहाँ उत्पादन हुने दूध,घिउ, छुर्पी, कुराउनी, चिजजस्ता दुग्ध उत्पादन युरोपेली राष्ट्रमा उच्च मूल्यमा बेच्ने गुणस्तरको बनाउन प्रयास गरिएको प्रवक्ता दुलालले बताए ।

यही असोज ७ मा वर्षको दुई पटक पशुमा खोरेतविरुद्धको खोप लगाउने कार्यक्रम थालिने भएको हो । कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशक डा. पशुपति ढुङ्गाना, वरिष्ठ पशु चिकित्सक डा. कृष्णराज पाण्डे र वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवले खोरेत नियन्त्रण विषयमा तयार कार्यविधि, जोनलगायतबारे जानकारी गराए ।
यस कार्यक्रमप्रति किसानहरु सकरात्मक तथा आशाबादी रहेका छन् । समय समयमा आउने बिभिन्न रोगहरुले किसानहरुमा पर्ने अकल्पनीय पीडालाई मुक्ति मिल्ने आशा किसानहरुले गरेका छन् ।

Add a new comment