Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सूचनाका आधारमा अख्तियारको टोलीद्वारा वडाध्यक्ष ओली घुससहित पक्राउ

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ९ गते २०८१
सूचनाका आधारमा अख्तियारको टोलीद्वारा वडाध्यक्ष ओली घुससहित पक्राउ

मेरो आर्थिक, झापा । झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ उरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।
घुस लेनदेनको सूचना टेलिफोनमार्फत् पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका सहायक प्रवक्ता थपलियाले बताए । दुवैजनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Add a new comment