अब चलचित्र हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

अब चलचित्र हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ८ गते २०८१

चलचित्र हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने भएकाे छ । हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा बिक्री गरेकाे पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गर्ने भएकाे हाे ।

विभागले एक विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । उक्त विज्ञप्तीमा लेखिएकाे छ,‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो।’

साेहि क्रममा यस विषयमा सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच छलफल र अन्तरक्रिया भएको जनाइएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरेको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?