नेको इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

नेको इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक मेरो आर्थिक वैशाख ११ गते २०८२

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।