नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज जोशी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । पन्चकन्यामाई हाइड्रोको ९.४२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज गुँरास लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज पियोर इनर्जीको शेयर मुल्यमा ५.६८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनीको शेयर ५२ करोड १८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%