फागुन २३ गते २०८२ --:--:--
मेनु

नेप्से १८ अंकले घट्यो, २६ अर्ब ५७ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक श्रावण ११ गते २०८२ ४:५६ PM
नेप्से १८ अंकले घट्यो, २६ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.४४ अंकले घटेर २९६४. २० विन्दुमा रोकिएको छ । 

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मुल्य ६.३४ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको एक अर्ब २ करोड ३ लाख ३५ हजार बराबरको र एन्गाडी ग्रुप पावर लिमिटेडको ८८ करोड ९० लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?