माघ २१ गते २०८२ --:--:--
मेनु

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८२ १:३२ PM
सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३६० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?