पौष ६ गते २०८२ --:--:--
मेनु

नेप्सेमा १०.५६ अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक पौष ३ गते २०८२ ४:४९ PM
नेप्सेमा १०.५६ अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से १०.५६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको शेयर ९.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी बाराही हाइड्रोको २४ करोड ७२ लाखको कारोबार भएको छ भने राढ़ी जलविद्युतको १८ करोड ३५ लाखको कारोबार भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?