काठमाडौँ । नेप्सेमा आज सामान्य करेक्सन भएको छ । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२८ कम्पनिका ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन वीमा, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज एसवाई प्यानलको शेयर मुल्य सर्बाधिक ७.०१ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटिजन लाइफ इन्सुरेन्सको ५.९७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ९८ लाख कारोबार भएको छ भने सागर डिस्टिलरीको ८५ लाखको कारोबार भएको छ ।










