काठमाडौँ । नेप्सेमा आजपनि सामान्य करेक्सन भएको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३४ कम्पनिका ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ मा कारोबार भएको थियो । आज विकास बैंक,फाइनान्स, हाइड्रो, लगानी, जीवन वीमा, माइक्रोफाइनान्स, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज इन्फिनिटी लघुवित्तको सबै भन्दा बढी ५.३२ प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी ग्रामिण विकास लघुवित्तको ४.२३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको १४ करोड ४९ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाखको कारोबार भएको छ ।












