फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से सामान्य करेक्सन, ४ अर्ब ९० करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक पौष २४ गते २०८२ ५:३७ PM
नेप्से सामान्य करेक्सन, ४ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । नेप्से आज सामान्य करेक्सन आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ कम्पनिका एक करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सान्भी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले बढेको छ भने एसवाई प्यानलको शेयर ५.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ३.९०  प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २० करोड ६ लाख बराबरको कारोबार भएको छ भने बन्दीपुर केवलको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?