माघ १४ गते २०८२ --:--:--
मेनु

आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक माघ ११ गते २०८२ २:५२ PM
आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि
Domestic Trade and Consumer Affairs Ministry enforcement officers conduct checks on prices of eggs at Pasar Pelabuhan Klang in Port Klang December 13, 2021. — KK SHAM/The Star

चितवन । अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो ।

यसअनुसार ठूलो अण्डा एक क्रेटको फार्म मूल्य ४९५ पुगेको छ । यसअघि प्रतिक्रेट ४६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ कायम गरिएको छ । यसअघि यो अण्डा ४४५ मा बिक्री हुँदै आएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको मुल्य ५५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो ।

अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । सङ्घका अनुसार अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउछ । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?