फागुन ११ गते २०८२ --:--:--
मेनु

सुपर खुदी हाइड्रोको आइपिओमा माग भन्दा २३ गुणा बढी आवेदन

मेरो आर्थिक मेरो आर्थिक फागुन ११ गते २०८२ ९:३६ PM
सुपर खुदी हाइड्रोको आइपिओमा माग भन्दा २३ गुणा बढी आवेदन

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओमा माग भन्दा २३ गुणा भन्दा बढी आवेदन परेको छ । 

कम्पनीले फागुन ५ गतेदेखि ११ गते (आज) सम्म खोलेको आवेदनमा ७ लाख ६ हजार ८७९ जना लगानीकर्ताले तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?