चैत्र १४ गते २०८२ --:--:--
मेनु

पक्राउपछि केपी ओलीको प्रतिक्रिया: ‘यो प्रतिशोधपूर्ण कदम, कानुनी लडाइँ लड्छु’

मेरो आर्थिक मेरो आर्थिक चैत्र १४ गते २०८२ ६:४५ AM
पक्राउपछि केपी ओलीको प्रतिक्रिया: ‘यो प्रतिशोधपूर्ण कदम, कानुनी लडाइँ लड्छु’

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफूलाई गरिएको पक्राउलाई प्रतिशोधपूर्ण कदमका रूपमा टिप्पणी गरेका छन्।

जेनजी आन्दोलन का क्रममा नागरिकको मृत्यु भएको घटनासम्बन्धी आरोपमा प्रहरीले शनिबार बिहान उनलाई नियन्त्रणमा लिएपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रहरी पक्राउ पुर्जी लिएर पुगेपछि ओलीले आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरेका थिए। सो क्रममा उनले आफूविरुद्धको कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै कानुनी रूपमा प्रतिवाद गर्ने बताएका छन्।

उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग छलफल गरेका थिए।

परामर्शमा सहभागी वरिष्ठ अधिवक्ता भट्टराईले उक्त पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै यसको कानुनी आधार कमजोर रहेको दाबी गरेका छन्। उनका अनुसार प्रारम्भिक दृष्टिमै यो कदम उचित नभएको देखिन्छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?