जेठ २७ गते २०८३ --:--:--
मेनु

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) को वार्षिक साधारण सभा आह्वान

मेरो आर्थिक मेरो आर्थिक जेठ ३ गते २०८३ ७:५४ AM
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) को वार्षिक साधारण सभा आह्वान

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरिएको लाभांश अनुमोदन गर्न ५९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीका अनुसार सभा जेठ २९ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, आवश्यक परेमा ऋण सुविधा लिने विषयमा स्वीकृति प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि छलफलका लागि प्रस्तुत गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ, जसअनुसार जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?