भाद्र १० गते २०८३ --:--:--
मेनु

रसुवा बाढीका घाइते १३ जनालाई उद्धार गरी काठमाडौं ल्याइयो

मेरो आर्थिक मेरो आर्थिक भाद्र १० गते २०८३ ४:२२ PM
रसुवा बाढीका घाइते १३ जनालाई उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं । रसुवामा आएको बाढीमा परी घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

बाढी प्रभावित क्षेत्रमा घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको हो। काठमाडौं ल्याइएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार सुरु गरिएको जनाइएको छ।

उद्धार गरिएका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?