चिनी उद्योगहरुमा उखु अभाव, पूर्ण क्षमतामा चल्न सकेनन् : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

चिनी उद्योगहरुमा उखु अभाव, पूर्ण क्षमतामा चल्न सकेनन्

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०८०

नवलपरासी पश्चिमका चिनी उद्योगले उद्योगका लागि मुख्य कच्चा पदार्थ उखुको अभाव भोग्दै आएका छन् । जसका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

नवलपरासी पश्चिममा सोचेअनुसार उखु उत्पादन नहुँदा चिनी उद्योग बाहिरका जिल्लाबाट उखु खरिद गर्न बाध्य भएका छन् । जसका कारण लागत बढेको उद्योगीहरुले बताएका छन् ।

सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र नवलपरासी पूर्वबाट उखु खरिद गर्दै आएको छ । जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने उद्योग प्रशासन प्रमुख कुश सुवेदीले बताए । उनले यस वर्ष कपिलवस्तुबाट मात्रै उद्योगले १५ हजार क्विन्टल उखु खरिद गरेको बताए ।

जिल्लाका तीनवटा ठूला चिनी उद्योगले उखु अभावका कारण लक्ष्यअनुसार चल्न नसकेको बताएका छन् ।

सुस्ताको बागमती खडसरी चिनी उद्योग र इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रा. लि. प्रतापपुरले पनि उखु अभावका कारण पूर्ण क्षमतामा काम गर्न नसकेको बताए । जिल्लामा चारवटा चिनी उद्योग सञ्चालनमा छन् ।

यसैबीच, लामो समयदेखि आफ्नो उत्पादनको भुक्तानी नपाएपछि किसानहरू बिस्तारै वैकल्पिक बाली खेतीतर्फ लागेका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?