Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

माण्डवी महोत्सवको अन्तिम तयारी पुरा, कृषि क्षेत्रलाई पाँच स्टल निःशुल्क

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १३ गते २०८०
माण्डवी महोत्सवको अन्तिम तयारी पुरा, कृषि क्षेत्रलाई पाँच स्टल निःशुल्क

राधिका भुषाल, प्युठान। लुम्बिनी प्रदेशको प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर १ को त्रिबेणी बगरमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक मेला महोत्सव आयोजना हुने भएको छ । यसको लागि तीब्र तयारी भइरहेको आयोजकले जनाएको हो।

त्रिबेणी सामुदायिक ग्रामीण संस्थाको आयोजनामा त्रिबेणी धामको बगरमा पहिलो पटक प्युठान माण्डवी कृषि पर्यटन तथा सांस्कृतिक मेला महोत्सव हुने आयोजकले जनाएको छ।

महोत्सवले यहाँका उत्पादनको बजारीकरणमा समेत टेवा पुर्याउनुको साथै माण्डवी गाउँपालिका भित्र रहेका पर्यटकस्थलहरुको प्रबर्द्धनमा सहयोग पुग्ने उद्वेश्यले मेला आयोजना गरेको त्रिबेणी सामुदायिक ग्रामीण संस्थाको अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुको साथै कृषिको लागि पाँच स्टल निःशुल्क दिइनेछ । उनले भने महोत्सवमा माडी क्षेत्रको पुरानो माडीखोले नाँच, मारुनी नाँच, माडी खोलाकै बिभिन्न प्रकारका माछाको परिकारको स्वादको परिकारहरु पनि पाईनेछ।

महोत्सवमा बिद्यालय स्तरीय हाजिर जवाफ, जिल्ला स्तरीय भलिवल प्रतियोगिता, हात्ती सवार, प्याराग्लाइडिङ, बोटिंङ, डान्स आइडल, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी, आटोमोबाईल प्रदर्शनीका साथै स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहेको संस्थाको अध्यक्ष रामचन्द्र पौडेलले बताए।

महोत्सवका लागि करीव ५० प्रतिशत स्टलका सरसामान आइसक्नुको साथै स्टल बुकिङ्गको लागि खुल्ला भईसकेको मेला संयोजक ईमान बिष्टले जानकारी दिए। मेला चैत्र २९ गते देखि २०८१ बैशाख ९ गतेसम्म चल्ने छ।

मेलामा धेरै भन्दा धेरै स्थनीय तथा बाह्य पर्यटकहरु तथा सहभागीहरुको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ । आफ्नो स्थानीय स्तरमा ठुलो मेला हुने भएकोले पनि स्थानीय कृषकहरु, ब्यापारीहरु तथा उद्योगीहरु समेत उत्साहित रहेको बताएका छन् ।

Add a new comment