Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

प्यूठान नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २७ गते २०८१
प्यूठान नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण

प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाले नगरपालिका भित्र पर्ने वडाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ ।

शनिबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आर्थिक सहयोग र पशु सेवाको प्राविधिक सहयोगमा १० वटा वडाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको हो । बाख्रा वितरण कार्यक्रममा प्यूठान नगरपालिकाका नगर उप्रमुख देवेन्द्र वर्माले नगरपालिका भित्र रहेका अपाङ्गता व्यक्तिलाई अवसर पायो भन्ने सपाङ्ग जस्तै कार्य गर्न सक्छन भन्ने सोचको विकास र आयआर्जन थप टेवा पुगोस भन्ने उदेश्यको साथ बाख्राहरु वितरण गरिएको बताए ।

त्यस्तै नगर प्रवक्ता तथा ३ न. का वडा अध्यक्ष सुमन राज क्षेष्ठले समाजमा मानिसहरु जन्मिदा विभिन्न भागमा विभिन्न कारणले अपाङ्गता रहेको पाइन्छ तिनिहरुलाई स्थानीय सरकार तथा सकुसल रहेको व्यक्तिले संरक्षण गर्नुपर्ने बताएका थिए । सबैलाई एकैचोटी एकैसाथ गर्न नसकेपनि तर हरेकलाई प्यूठान नगरपालिकाबाट तथा वडाबाट हुने सेवाहरु दिइने अध्यक्ष क्षेष्ठको भनाई रहेको छ ।

त्यस्तै कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मन्जु धितालले अपाङ्गता भएका व्यक्तिहरू अन्य ठुलो काम गर्न नसक्ने भएकाले बाख्रा पालन गरि आफ्नो सामान्य घर खर्च चलाउन सहज होस भन्ने उदेश्यको साथ कार्यक्रम गरिएको उनले बताईन ।यसरी दिएका बाख्राहरू काटेर खाने, बेच्ने गर्नेहरुलाइ अनुगमनका लागि एक समिति बनाई पटक पटक अनुगमन गरिने समेत बताइन ।

विगतमा पनि यस्ता समस्याहरू देखिएकाले अब यसो हुन नदिन अनुगमनको पाटोलाइ प्रभावकारी बनाइने शाखा प्रमुख धितालको भनाई छ । यस कार्यक्रमका लागी शाखाबाट २ लाख ५० हजार बजेट विनियोजन भएको थियो । यसै बजेटबाट दाङको मुर्कुटिमा रहेको वर्षा बाख्रा पालनबाट १४ वटा र गौमुखीबाट ६ वटा खरिद गरि दश वटा वडाको एक जनालाई दुई वटा र बाख्रा पाल्ने तरिका तथा सिप सम्बन्धि २ दिने तालिम समेत गराइएको पशु सेवा प्रमुख गिरिराज पौडेलले बताए ।

Add a new comment