Skip to content
logo
कार्तिक २३ गते २०८१ समयः

प्यूठान नगरपालिका ८ बाग्दुलामा दुग्ध संकलन केन्द्र सञ्चालनमा

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २७ गते २०८१
प्यूठान नगरपालिका ८ बाग्दुलामा दुग्ध संकलन केन्द्र सञ्चालनमा

प्यूठान । प्यूठान नगरपालिका ८ बाग्दुलामा दुग्ध संकलन केन्द्र सञ्चालनमा आएको छ । झिमरुक पशुपंक्षी तथा मत्स्य सहकारी लिमिटेडद्धारा शुक्रबार दुग्ध संकलन तथा विक्री केन्द्र उद्घाटन गरिएको हो ।

विशेष गरी प्यूठान नगरपालिका भित्रका किसानहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थलाई सहकारी मार्फत सहज रुपमा बजार ल्याउनको लागि संकलन केन्द्र स्थापना गरेको सहकारीका अध्यक्ष राम बहादुर एम.सी.ले बताए । जिल्लाभर कार्यक्षेत्र भएको सहकारी भएकोले किसानसंग सहजरुपमा जोडिएर दुग्धजन्य बस्तु र माछा मासुहरुलाई बजारीकरण गर्ने उदेश्य रहेको उनी बताउछन् ।  उत्पादनमा आधारित अनुदानलाई सहकारी मार्फत किसान समक्ष पु¥याउन मद्धत गर्ने, किसानले उत्पादन गरेको बस्तुलाई विक्रीवितरणमा सहयोग गर्नका लागि सहकारी स्थापना गरिएको एम.सी.को भनाइ छ ।  प्यूठान नगरपालिका भित्रका १० वटै वडाहरुमा दुग्ध सेन्टर कलेक्सन स्थापना गरि किसानलाई विचौलियाबाट बचाउदैं उपभोक्तासम्म गुणस्तरीय बस्तु पु¥याउन सहयोगीको रुपमा सहकारीले भुमिका खेल्नेमा आफु विस्वस्त रहेको उनले बताए ।

दुग्ध संकलन केन्द्र उद्घाटनमा प्यूठान नगरपालिका उप प्रमुख देवेन्द्र वर्माको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सहकारी संघ लि. प्यूठानका अध्यक्ष सुशील पोख्रेल, बचत तथा ऋण जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेत, प्यूठान नगरपालिका पशु विकास शाखाका प्रमुख गिरी राज पौडेल लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।  

Add a new comment